β version

シェア

बिदेशी बिद्यार्थी जापानमा पार्ट टाईम जब(आरुबाइतो) गर्ने बेला

Hint

जानी राख्नुपर्ने (अन्तर्वाता अवस्थामा)ख्याल गर्नुपर्ने व्यबहार तथा कुराहरु

लिएर जाने कुराको तयारी

रिरेकिस्यो (व्यक्तिगत विवरण) : फोहोर नहुनेगरी खाममा हाली जानुहोस्।

लेख्ने सामाग्री : कालो बल पेन (कागजपत्र भर्न)कलम (आफ्नै टिप्पणी गर्न )

डाइरी : अन्तर्वातामा सोधेको बिषयबस्तुहरु राम्रोसँग नोट गरौ ।

समयतालिका : अब काम गर्ने समय तलिका तुरुन्त भन्न सक्ने गरी तयारी गरेर राखौ ।

बसोबास अनुमती पत्र (जार्इर्‍युउ कार्ड) : (सिखकुगाइखचुदोउ क्योउखास्यो)काम गर्ने अनुमती पत्रको चेक जांच गर्न अनिबार्य छ ।

छाप (हङ्कोउ) : कागजपत्र आधिमा अनिबार्य रुपमा लगाउनुपर्ने अवस्था हुन्छ ।

आबेदन पत्रको कपी : अन्तर्वातामा ढिलो हुने अवस्थामा सम्पर्क गर्न सक्ने गरी तयारी गरेर राख्यो भने ढुक्क हुन्छ ।

विद्यार्थी परिचय पत्र : सामाजिक स्तरको व्याख्या गर्न सक्ने कागज पत्रको रुपमा ।

बैंक खाता जानकारी : कामको पैसा ट्रास्फर गर्नेको जानकारी बैंक खाता नं; बैंक शाखा(पासबुकको कबरको भित्री पेजको कपि भयो भने राम्रो हुन्छ) ।

पहिरन

सफा तथा आकर्शक युक्त पहिरन (फोहोर नभएको, नखुम्चिएको, रङ्गिचङ्गी नभएको, घांटिमा धेरै नखोलेको र थोरै गरगहनाहरु)
पहिरनसँग सफा तथा आकर्शक देखिने खालको कपाल (लामो भए डल्लो पार्ने, झिंगीरिंग भएको राम्रो होइन, कपालमा मेन्दी लगाएको राम्रो नमान्ने अवस्था पनि हुन्छ) ।
दह्री तथा नङ (धेरै लामो बनाउनु, फोहोर, पालिश लगाउनु तथा मेन्दी लगाउनु चुरोड तथा अत्तरको बस्नलाई नि ख्याल गरौ ।
झुम्का तथा मुन्द्री र ट्यटुलाई निशेध गरेको अवस्था पनि हुन्छ ।

समय तथा सम्पर्कको तरिका

जापनमा समयको बाचा एकदम महत्वपूर्ण छ ।
ढिलो हुनेलाई निशेध गरेको छ । बाचा गरेको समय भन्दा ५ / १० मिनेट अगाडि नै पुगौ ।
धेरै छिटो पुग्नु पनि नराम्रो सोच्ने अबस्था रहेको हुनाले त्यो पनि ख्याल गरौ ।
ढिलो होलाकी जस्तो भएको अवस्थामा जसरी पनि सम्पर्क गरौ ।
ईमेल तथा म्यासेजबाट नभै फोनमा कल गरेर जानकारी गरौ ।
तोकिएको दिनमा स्वास्थ्य अवस्था बिग्रेमा, आकास्मात महत्वपूर्ण काम परेमा ,जे गरेनी उपस्थित हुन नसक्ने अवस्थामा जसरी पनि सम्पर्क गरौ ।
यो चाँही जापानको संस्कार हो ।
(आफु मात्र हो केही फरक पर्दैन) भन्ने नसोची जसरी नि फोन गरौ ।
(नेपालीले चाँही नगएपछी यत्तिकै रद्द हुन्छ) भन्ने सोच्ने हुनाले यसलाई मन बाट हटऔ ।

अन्तर्वाता हल सोध्पुछ कक्ष / पर्खने ठाउँ

अन्तर्वाता गर्ने ठाउँ : पसल तथा कम्पनीमा छिर्ने ठाउँबाट नै अंश ठान्ने बानी गरौ ।
रिसेप्सन (सोधपुछ) : कम्पनी भए रेसेप्सन (सोधपुछ) पसल भए काउन्टरमा आफ्नो नाम र अन्तर्वाता समय भनी अन्तर्वाता लिने मान्छे संग आफ्नो पालो थाहा पाउनुहोस् ।
पर्खिने कोठामा कानेखुसी गर्ने, खाने पिउने, धुम्रपान आदि गर्न निषेध छ ।
मोबाईल फोनको ध्वनी पनि बन्द गर्नुहोस् ।
अफिसभित्र हिड्दा खेरी कर्मचारी भेट्दा हासिलो मुहारमा (कोन्निचिवा) भनी हल्का रुपमा (धेरै नझुकी) अबिबादन गरौ ।

अन्तर्वाता

ढोका ढक्ढकाएर, दोउजो / ओहाइरी कुदसाइ आदी स्वर सुनेपछी ‘सिचुरेइ सिमस’ भनी छिर्नुहोस् ।
ढोका बिस्तारि बन्द गरी अबिबादन गर्नुहोस् ।
आफु बस्ने कुर्सी सम्म गएर (आफ्नो नाम)तो मोउसिमस (भनिन्छ) योरोसिकु ओनेगाइ सिमस भन्ने अबिबादन गरौ ।
अन्तर्वाता लिने मान्छेले ‘बस्नुहोस‘ भनेपछि मात्र बसौ |
अन्तर्वाता लिने मान्छे भन्दा आफु अगाडि छिरेको अवस्थामा अन्तर्वाता लिने मान्छे आउँदा एकचोटी उठी ‘योरोसिकु ओनेगाइ सिमस’ भन्ने अबिबादन गरौ ।
अन्तर्वाता भईरहदा सतर्क भै ढाँट सिधा परेर बसौ । कुर्सिमा पछाडि झ्याप्प टाँसिएर बस्नु हुँदैन ।
उप्परखुट्टी गरी बस्नु, हात बानी बस्नु हुँदैन ।
अन्तर्वाता लिने मान्छेको आँखामा हेरेर प्रष्ट स्वरमा बोलौ ।
अन्तर्वाता सकिसकेपछी उठेर ‘अरिगातोउ गोजाइमसिता ! योरोसिकु ओनेगाइ सिमस’ भनेर अबिबदन गर्नुहोस् ।
ढोका सम्म गएर त्याहाबाट घुमी अन्तर्वाता लिने मान्छेलाई ‘सिचुरेइ सिमस’ भनेर अबिबदन गरौ र ढोका शान्तसँग बन्द गर्नुहोस् ।

X