लागु हुने शर्तहरु
पृष्ट-१ (नमस्ते निप्पोन )
-
1.‘नमस्ते निप्पोन’भन्ने हिबिकु कर्पोरेशन, (तल‘हाम्रो संस्था’भनेको छ) सम्पादन(edit गर्ने)को साथसाथै म्यासेज गर्न मिल्ने, सबै प्रकारको कार्यक्रमका बारेमा जानकारी दिने प्रयोजनले बनाइएको बिबिध सुबिधायुक्त इन्टरनेट साइड (http://www.namastenippon.net/) हो l
-
2. नमस्ते निप्पोन को प्रयोग गर्नु हुने सम्पूर्ण महानुभाबहरु (नियमित प्रयोगकर्ता पनि समाबेश, तल‘प्रयोगकर्ता’भनेको छ) आफ्नै प्रयोजन अनुरुप प्रयोग गर्ने भएकोले आफै जिम्मेवार भई नमस्ते निप्पोन प्रयोग गर्नुहोस l
पृष्ट -२ (निषेधित कुराहरुको बारेमा )
- 1. प्रयोगकर्ताले, नमस्ते निप्पोनमा तल उल्लेखित कुनैपनि गलत कार्य गर्न सक्ने भएकोले यस संस्थाले उल्लेखित कार्य नगरियोस् भन्ने चाहन्छ l
-
- A. दर्ता तथा डाटा गलत पेश गर्ने कार्य
- B. आबेदन गरे बाबजुत अन्तरबार्तामा नजाने, काम गर्ने ईक्षा नहुदा नहुदै आबेदन दिने कार्य l
- C. व्यक्तिगत वा काम कार्यको विवरण अलिकति पनि आफु बाहेकको व्यक्तिको बिबरण दर्ता गर्ने कार्य l
- D.प्रतिलिपि अधिकार,ट्रेडमार्क अधिकार,गोप्पिनियता अधिकार, नाम प्रयोग गर्न पाउने अधिकार, फोटो प्रयोग गर्न पाउने अधिकार, स्वामित्व सम्बन्धी अधिकार आदि जस्ता अरु व्यक्तिको अधिकार दुरुपयोग गर्ने कार्य l
- F. कानुन, सामाजिक तथा नैतिक कुराको बिरोध गर्नु, अथवा त्यस्तो हुन सक्ने कार्य l
- G. हाम्रो संस्था वा तेस्रो पक्षलाई हानी हुने कुनैपनि क्रियाकलाप अथवा त्यस्तो हुन सक्ने कार्य l
- H. नमस्ते निप्पोनले गरिरहेका ब्यबसायिक क्रियाकलापको बारेमा ,ब्यबसायिक उदेश्यले जानकारी प्राप्त गर्ने कार्य l
- I. नमस्ते निप्पोनको माध्यमबाट प्राप्त जानकारीको नक्कल गर्ने, बिक्रीवितरण गर्ने, प्रकाशन गर्ने र त्यस बाहेक आफुले प्रयोग गर्न सक्ने क्षेत्राधिकार भन्दा बहिरा गएर प्रयोग गर्ने कार्य l
- J. नमस्ते निप्पोनको संचालनमा बाधा पुर्याउने, हाम्रो संस्थाको छबि गिर्ने खालको काम अथवा त्यस्तो हुन सक्ने कार्य l
- K. नमस्ते निप्पोनको संचालन कार्यमा बाधा पुर्याउने उदेश्यले बिरोध गर्ने कार्य l
पृष्ट-३ (संस्था जबाफदेही नहुने कुरा)
-
1. हाम्रो संस्था, नमस्ते निप्पोनको प्रयोग गरेर पर्न गएको असुविधाको बारेमा, जस्तो कारणले भएपनि प्रत्यक्ष रुपमा देखा पर्ने असरमा मात्र जिम्मेवार हुनेछ l तरपनि तलको कारणले गर्दा पर्न गएको असुविधाको बारेमा हाम्रो संस्था जबाफदेही हुने छैन l
-
- A. त्यो असुविधा जुन नमस्ते निप्पोनमा तेस्रो व्यक्तिबाट गरिरहेको बिज्ञापन (चिठ्ठा कार्यक्रम, बिक्रि वितरण बढाउने क्रियाकलाप, जानकारी प्रदान गर्ने कार्य, वेब साइड अथवा सेबा जुन तेस्रो व्यक्तिले नमस्ते निप्पोनमा गर्न सक्ने अधिकार रहन्छ l)बाट हुने क्षतिहरु l
- B. प्रतिकुल परिस्थिति सिर्जना भएमा, बिशेष भाइरस लागेमा, दैविक प्रकोपको कारणबाट पर्न गएको असुविधा l
- C. लोड सेडिंग, सर्बर बिग्रेको, इन्टरनेट नेटवर्क, कम्प्युटर, सफ्टवेयर, आदिको कारणले सिस्टम बिग्रिनु, ठेगाना, निषेध, डाटा नष्ट, डाटामा आएको गडबडीबाट पर्न गएको असुविधा l
- D. प्रयोकर्ताले नमस्ते निप्पोन प्रयोग गर्दा, तेस्रो पक्षको कारणबाट पर्न गएको असुविधा l
- E. अन्य हाम्रो संस्थाको दायित्व भित्र नपर्ने कुनै कारणबाट पर्न गएको असुबिधा l
-
2. हाम्रो संस्थाले, नमस्ते निप्पोनमा राखेको डाटा हटाउने, परिबर्तन गर्ने कुरा ग्यारेन्टी दिन सक्दैन l महत्वपुर्ण डाटा चाहिँ प्रयोगकर्ता आफै जिम्मेवार भई सुरक्षित गर्नुहोस l
पृष्ट-४ (व्यक्तिगत विवरणको प्रयोग/ब्यबस्थापन)
“गोप्यानियता सम्बन्धी नीति” हेर्नुहोस l
पृष्ट-५ (नमस्ते निप्पोनको सेवा परिबर्तन)
कुनै विशेष परिस्थितिमा हाम्रो संस्थाले प्रयोगकर्तालाई जानकारी नगराई नमस्ते निप्पोनको सेवाहरु परिबर्तन गर्ने, छोटो अबधि या लामो अबधिको लागि बन्द गर्ने र सधैको लागि बन्द हुन सक्ने अवस्था पनि रहन्छ l
पृष्ट-६ (नमस्ते निप्पोनमा लागुहुने शर्तहरुको परिबर्तन)
हाम्रो संस्थाले प्रयोगकर्ताहरुलाई जानकारी नगराई, जरुरी परेको बेला नमस्ते निप्पोनमा लागु हुने शर्तहरु परिबर्तन गर्न सक्दछ l नमस्ते निप्पोन प्रयोग गरिरहेका प्रयोगकर्ताहरु संस्थाको शर्तहरु पालना गर्न मन्जुर भई प्रयोग गरेको अबस्थामा, बेला बेलामा अपडेट गरेको ‘लागु हुने शर्तहरु’ चेक गर्दै गर्नुहोस l
पृष्ट-७ (कानुन तथा अदालत)
यो सेवा अन्तर्गत शर्त भन्दा बाहिर गएर कुनै झै-झगडा भई असहज परिस्थिति आएमा, हाम्रो संस्थाले पहिलो मुद्दा ओसाका स्थानीय अदालत अथवा ओसाका जिल्ला अदालत कुनै एक अदालत छनौट गरिन्छ l
अतिरिक्त व्यवस्था
यो शर्तहरु सन् २०१७ साल २ महिना आठ गते बाट लागु हुनेछ l