β version

シェア

बिदेशी बिद्यार्थी जापानमा पार्ट टाईम जब(आरुबाइतो) गर्ने बेला

Hint

आरुबाइतो ( part time job )को सोच/ बिचार

आरुबाइतो (part time job)को तलबको हिसाब

मुख्यतया निम्नानुशार तीन वटा छन् ।

प्रतिघन्टा ज्यालादर तरिका:
प्रतिघन्टा ज्यालादर तरिका भनेको १ घण्टा बराबरको मजदुर गरे बापतको ज्याला हो ।आरुबाइतो ( part time job)मा यो भुक्तनी तरिका प्रख्यात छन् ।
जस्तै : ९०० येन × ५ घण्टा = ४५०० येन
एक घण्टा भन्दा कम वा १५ देखी ३० एकाई सम्मको कामको हिसाब कम्पनी अनुसार फरक हुन्छ ।कामको प्रकार हेरेर प्रतिघन्टा ज्यालादर फरक-फरक हुन्छ । रान्त तथा राज्य अनुसार न्युनतम ज्यालादर निर्धारण गरेको हुन्छ ।

प्रतिदिन ज्यालादर तरिका :
प्रतिदिन ज्यालादर तरिका चाँही एक दिन बराबर मजदुर गरेबापतको ज्याला हो ।यो चाँही भुक्तनी गर्ने त्यो तरिका हो,जसले छोटो अबधीको लागि काम गर्छ । जस्तै: एक दिन = ८००० येन, आधा दिन = ५००० येन

रतिमहिना ज्यालादर तरिका :
प्रतिमहिना ज्यालादर तरिका चाँही एक महिना बराबरको मजदुर गरेबापतको ज्याला हो ।आरुबाइतो (part time job)मा यो असामान्य भुक्तनी तरिका हो ।

आरुबाइतो (part time job)को तलब भुक्तानी गर्ने तरिका

भुक्तानी गर्ने तरिका चाँही कम्पनी ले निर्धारण गरेको हुन्छ ।
तलको ३ वटा तरिका चर्चित छन् ।

तलको ३ वटा तरिका चर्चित छन् ।
प्रतिदिन भुक्तनी :-एक दिन काम गरेको तलब त्योही दिन पाउने ।
प्रतिहप्ता भुक्तनी :-एक-एक हप्तामा तलब पाउने ।

*लामो अबधिको काममा धेरै प्रयोग हुने तरिका :
प्रतिमहिना भुक्तनी :- एक महिनामा तलब पाउने ।
प्रतिमहिना भुक्तनिको अवस्थामा हिसाब गर्ने अन्तिम दिन र भुक्तानी दिन कम्पनिले तोकिएको हुन्छ ।कामको तलब हिसाब गर्बे अन्तिम दिन र भुक्तानी गर्ने दिनको संरचना :

हिसाब गर्ने अन्तिम दिन १५ गते : भुक्तानी २५ गते
महिनाको अन्तिम दिन हिसाब गर्ने : भुक्तानी अर्को महिनको ५ गते
महिनाको अन्तिम दिन हिसाब गर्ने : भुक्तानी अर्को महिनको १० गते
महिनाको अन्तिम दिन हिसाब गर्ने : भुक्तानी अर्को महिनाको १५ गते
महिनाको अन्तिम दिन हिसाब गर्ने : भुक्तानी अर्को महिनाको २५ गते

#जस्तै : महिनाको अन्तिम दिन हिसाब गर्ने र भुक्तानी अर्को महिनाको २५ गते भए
त्यसपछीको कामको तलब चाँही अर्को महिनाको २५ गते भुक्तानी गराइन्छ ।

तलब प्राप्त गर्ने तरिका

प्रय; नगत भुक्तानी अन्यथा बैंक ट्रान्स्फरबाट भुक्तानी गरिन्छ ।
अचेल चाँही बैंक ट्रान्स्फर गर्ने तरिका बढी चलेको छ ।
बैंक ट्रान्स्फर गर्न चाँही आफुले चलाई रहेको बैंक भए हुन्छ तर कम्पनीले तोकिएको बैंक मात्र हुने अवस्था पनि हुन्छ ।
एउटै बैंकमा भए ट्रान्स्फर चार्ज कम लग्ने भएकोले कम्पनीले तोकिएको बैंकमा गराउनु सरहनिय हुन्छ ।

तलबको कुल मौज्दात र खुद मौज्दात

तलब विवरण (salary sheet )हेर्यो भने जम्मा तलब र वास्तविक पाउने तलब फरक हुन्छ ।यसलाई चाँही तलबको कुल मौज्दात र खुद मौज्दात भनिन्छ ।
यसलाई चाँही तलबको कुल मौज्दात र खुद मौज्दात भनिन्छ ।

कुल मौज्दात : तलबको रुपमा प्राप्त गरेको कुल रकम ।

खुद मौज्दात : तलबबाट कर, बिमा शुल्क आदि काटेर वास्तवमा हातमा परेको रकम ।

तलबबाट तानिएको कर तथा बिमा

आयकर, नगरपालिका कर, अन्य सबै प्रकारको बिमा शुल्क चाँही कामको तलबबाट काट्ने गरिन्छ ।
काम गर्ने कम्पनीको संरचना हेरेर बिभिन्न किसिम बिमा भए नभएको आधारमा विवरण फरक पर्ने हुनाले तलब विवरणको बारेमा काम गर्ने कम्पनीको सम्बन्धीत ब्यक्तिसँग बुझौ ।

आयकर : महिना, ९मान येन भन्दा बढी तलब भएको अवस्थामा आयकर काटिन्छ । ९ मान येन जत्ती तलब भएको अवस्थामा ६०० येन जती आयकर काटिन्छ ।

नगरपालिका कर : बर्षमा तलब १०० मान येन नाग्यो भने नगरपालिका कर तिर्नुपर्ने हुन्छ ।नगरपालिका कर चाँही पहिलो बर्षको आयमा निर्भर हुन्छ ।

X