बैंक, मोबाइल फोन कम्पनी आदि मार्फत, नेपालमा रेमिट्यान्स गर्न सक्ने संस्था धेरै भएता पनि अनावश्यक सोधपुछ, महँगो सेवा शुल्क रहेको छ l रेमिट्यान्स गर्न सक्ने अधिकतम रकम पनि तोकिएको हुन्छ l
जस्तै: जापानको शहरको बैंकहरुमा सेवा शुल्क ८००० येन लाग्नेछ l
जापान पोस्ट बैंक (JP बैंक)बाट चाहिँ नेपालमा एकचोटी रेमिट्यान्सको २५०० येन सेवा शुल्क लागेतापनि रेमिट्यान्स गर्न सक्ने रकमको सीमितता छैन l
अरु, भएको मोबाईल फोन कम्पनीमा १००० येन सेवा शुल्कमा, ३००० येन देखि ५० मान येन(५ लाख) सम्म रेमिट्यान्स गर्न सकिन्छ l
कम्पनी अनुशार प्रयोग गर्ने शर्तहरु फरक पर्छ l जस्तैः उमेर, मोबाईल फोनको किसिम आदि l
त्यस बाहेक, विशेषगरी बिदेशमा पैसा पठाउन सक्ने रेमिट्यान्स कम्पनी पनि रहेको छ l
सेवा शुल्क कम भएको विश्वासिलो संस्था छान्नुहोस् l
सामान्यतया बसोबास अनुमति पत्र(जार्इर्युउ कार्ड) जस्ता परिचय खुल्ने कागजपत्र चहिए पनि वित्तीय संस्था अनुसार फरक-फरक हुन्छ l
पहिलै राम्रोसंग खोजी गरी राख्नुहोस l