β version

シェア

「खाता खोल्ने तरिका」

Money

खाता खोल्नु

बैंक खाता खोलि राख्दा फाईदा हुने कुरा

जापानमा काम गर्दा प्राय: पार्ट टाईम जब(आरुबाइतो) को ज्याला तथा तलब, नगदमा नभई बैंक ट्रान्सफर मार्फत भुक्तानी गरिन्छ l
जापानमा जँहासुकै एटिएम रहेको छ l

विशेष सुबिधाको कुरा, कोम्बिनी पसल भित्र पनि एटिएम रहनु हो l सेवा शुल्क लागे तापनि २४सै घण्टा आफू खुसी, जुनसुकै समय र बारमा जत्तिखेर पनि प्रयोग गर्न सकिन्छ l
बिजुली, ग्यास, पानी, मोबाईल फोन आदिको बिल तिर्न, बैंक खाताबाट स्वत: काट्ने गरी राख्यो भने सजिलो हुन्छ l

※बिजुली, ग्यास, पानी, मोबाईल फोन आदिको बिल तिर्न ख्याल नगरी ढिलो भएमा सेवा
काटि दिन्छ l

खाता खोल्न सक्ने बैंकको बारेमा

छोटो अबधिको बसाई (९० दिन सम्म) को अबस्थामा जापानमा बैंक खाता खोल्न सकिदैन l

लामो अबधिको भिसा(९० दिन भन्दा बाढि) भएपनि जापानमा बसाई अबधि ६ महिना भन्दा कम बस्ने व्यक्तिले खाता खोल्न नसक्ने बैंक पनि छ l

बास्तबमा एउटै बैंक भएता पनि ठाउँ अनुशार सुबिधामा फरक पर्छ l आफ्नो घर, स्कूल, कार्यस्थल नजिकको शाखामा निबेदन दियो भने, बैंक खाता खोल्न सक्ने संभाव्यता बढ्छ l

आजकल इन्टरनेट मार्फत दिइने बैंकिंग सेवाले अझ सुविधायुक्त भए पनि बिदेशमा रेमिटेन्स सेवा नरहेको बैंक पनि रहेकोले बैंक रोज्दा ख्याल गर्नुहोस l

महत्वपुर्ण कागजपत्र र जानकारी

जापानमा बैंक खाता खोल्नको लागि सामान्यतया परिचय पत्र, ठेगाना बताउने कागजपत्र र छाप चाहिन्छ l

※ जापान पोस्ट बैंक(JP बैंक)मा खाता खोल्दा छाप अनिबार्य छैन l

[परिचय पत्र]


आदि l

[ठेगाना खुल्ने कागजपत्र]

आदि l

छाप

X