β version

シェア

अत्यावश्यक बस्तु “छाप”

Hint

छाप

छापको महत्व र प्रकार

जापानमा कुरियर सामान लिदा, बैंक पासबुक बनाउदा, अपार्टमेन्टको सम्झौता गर्दा आदि जस्ता विभिन्न किसिमको कार्यको लागि छाप अनिबार्य छ l

आफ्नो नाम अंकित छाप लगाउने कार्य, हस्ताक्षर गरे बराबरको प्रमाणको रुपमा लिइन्छ l

छापको प्रकार मुख्यतः २ किसिमको रहेको छ l
१.व्यक्तिगत(दर्ता रहित) छाप २.संस्थागत(सुचिकृत) छाप

व्यक्तिगत(दर्ता रहित) छाप

प्राय: सधैँ प्रयोग हुने छाप व्यक्तिगत(दर्ता रहित) छाप हो l व्यक्तिगत रुपमा मोबाइल फोन निकाल्दा, बैंक खाता खोल्दा यसको आवश्यकता पर्दछ l

कुरियर गरिएको सामान प्राप्त गर्न, ज्याला तथा तलब लिनको लागि व्यक्तिगत छाप हस्ताक्षरको रुपमा प्रयोग गरिन्छ l

यो छाप बैंकमा व्यक्तिगत खाता खोल्दा, चेकबाट पैसा झिक्दा त्यसै गरी खाता बन्द गर्दा आवश्यकता पर्ने भएकोले सुरक्षित साथ राख्नु जरुरी छ l

व्यक्तिगत छाप, खान्जी, हिरागाना/काताकाना, रोमन अक्षर यी मध्ये जुनसुकै लिपिमा भएपनि फरक पर्दैन l

संस्थागत/सूचिकृत छाप

संस्थागत /सूचिकृत छाप बिशेष गरी सरकारी कार्यालयतिरको प्रयोजनको लागि अनिबार्य छ l कानुनी वैधताका महत्वपूर्ण कागजपत्रहरु(सम्झौता पत्र, सरकारी प्रसाशनिक कार्यालयको विभिन्न कानुनी प्रकिया, घरजग्गा वा गाडीको किनबेच, बिमा रकम प्राप्त गर्न) तयार पर्ने बेलामा यसको बिशेष महत्व रहेको छ l

संस्थागत/सूचिकृत छापको लिपि, बसोबास अनुमति पत्र(जार्इर्‍युउ कार्ड)संग मिल्नुपर्छ l

छापको बनाउने तरिका / किन्ने ठाउँ

व्यक्तिगत(दर्ता रहित) छाप वा संस्थागत /सूचिकृत छाप दुवै इन्टरनेटको छाप बिक्रि पसल अथवा शहरको छाप पसलमा बिक्रि गरिरहेको छ l

गुणस्तर अनुशार मुल्य (१००० येन~दशौ हजार येन सम्मको) फरक-फरक पर्छ l बारम्बार प्रयोग हुने बस्तु नभएकोले १००० येन~२००० येन सम्मको भयो भने हुन्छ l

※ संस्थागत /सूचिकृत छापको दर्ता गर्ने तरिका

छाप बिक्रि पसलबाट छाप लिएपछि, वडा कार्यालयमा छाप दर्ता गर्न अनिबार्य रुपमा जानुपर्छ l जारी गर्नको लागि बसोबास अनुमति पत्र(जार्इर्‍युउ कार्ड) र सम्बन्धित छाप चाहिन्छ l

X