β version

シェア

Money

【 महत्त्वपूर्ण जानकारी 】 COVID-19 , १ लाख येन भुक्तानी दिने बारे

जापानमा बसोबास गर्दै आइरहेका नेपालीहरु मध्ये तलको अबस्था( शर्त)हरु पूरा भएका ब्यक्तिहरुले जापानीजहरु सरह प्रति व्यक्ति १००००० येन पाउने भएको छ ।
यो पैसा ऋण अथवा सापाटी लिए जस्तो नभएकोले फिर्ता गर्नुपर्दैन ।
सरकारी कार्यालयहरु (कुयाकुस्यो/ सियाकुस्या)बाट आवेदन फारम पठाउँदा, नबिर्सिकन त्यो आवेदन दिनुहोला/भर्नुहोला ।

भुक्तानीको सर्तहरू
जापानमा आएर ३ महिना भन्दा बढिको भिसा प्राप्त भएको र जाइर्युकार्र्ड भएका व्यक्तिहरुलाई राहत भुक्तानी गर्ने प्रक्रिया

१) आवेदन फारम सरकारी कार्यालय(कुयाकुस्यो/सियाकुस्या)बाट तपाइको घरको ठेगानामा पठाइने छ ।
२) परिवारको मुख्य ब्यक्तिले आवश्यक जानकारी र पैसा लिने वित्तीय संस्था(बैंक)को खाता नंबर भर्नुहोस् ।
३) आवेदन फारमका साथमा बैंकको पासबुक वा ATMकार्डको प्रतिलिपि र जाइर्युकार्र्र्डको प्रतिलिपि सरकारी कार्यालय(कुयाकुस्यो/सियाकुस्या)मा पठाउनु पर्नेछ ।

*आवेदन फारम जापानीज भाषामा मात्र हुने अनुमान गर्न सकिन्छ ।
फारम भर्दा जापानी साथीहरुको सहयोग लिनुहोस् ।
*बैंक चाहि जापान पोष्ट पनि प्रयोग गर्न सकिने छ ।
*आवेदन फाराम मे महिनाबाट शुरू हुनेछ ।
*अबश्य पनि, नेपालमा हुने परिवारहरूले भने यो पैसा प्राप्त गर्न सक्दैनन्।

X