β version

シェア

[चोट तथा बिरामी भएको बेला]

Hint

अस्पतालको प्रकार तथा जाने तरिका

स्वास्थ्य बिमाको बारेमा

जापानमा राष्ट्रिय स्वास्थ्य बिमा प्रणाली रहेको छ l बसोबास अनुमति पत्र (जार्इर्‍युउ कार्ड) प्राप्त गर्ने सबै विदेशीहरुले बिमा गर्न अनिबार्य छ l यो बिमा गर्दा बिमा शुल्कको किस्ता प्रत्येक महिना बुझाउनु पर्छ lउपचार खर्चको ३०%मात्र बेहोरे पुग्छ l बिमा शुल्क, ठाउँ वा अन्य विविध कारणले फरक पर्छ तरपनि बिदेशी बिध्यार्थीको हकमा महिनाको १२००-१४०० येन सम्म तोकिएको छ l

प्रकिया : बसोबास गर्ने क्षेत्रको वडा/नगरपालिका कार्यलयमा जानुहोस l

बिमा प्रत्येक वर्ष नबिकरण गर्नुपर्छ l

बिमा शुल्कको किस्ता बुझाउन, तपाईले प्रयोग गरिरहेको बैंक खाताबाट आफै ट्रान्सफर हुने गरी राखे सजिलो हुन्छ l

अस्पतालको प्रकार

जापानको सानो संरचनाको अस्पताल [स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक] र बृहत उदेश्य भएको ठुलो हस्पिटल रहेको छ l
स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक : व्यक्तिगत रुपमा संचालन गरिरहेको अवस्थाको रहेको हुन्छर र यसको उदेश्य निश्चित हुन्छ l रुगाखोकी तथा सानोतिनी चोटपटक आदि, हल्का किसिमको बिरामीहरुको उपचार गरिन्छ l

ठुलो हस्पिटल : मेडिकलसम्बन्धी बृहत लक्ष्य भएको सबै प्रकारको निरीक्षण उपकरण र भर्ना सुबिधा दिइएको हुन्छ l
यस्ता हस्पिटलमा जटिल किसिमको लक्षण देखा परेको बेला, शल्यक्रिया तथा भर्ना गर्नुपर्ने अबस्थामा जाने गर्छ l

ठुलो हस्पिटलमा मेडिकल चेकजाँच गर्नको लागि क्लिनिक आदिबाट रिफर पत्र चाहिने अवस्था पनि हुन्छ l

सुरुमा नजिकको स्वास्थ्य चौकी, मेडिकल, क्लिनिकमा चेकजाँच गराई, बिशेष प्रकारको उपचार गर्नुपर्ने अबस्थामा ठुलो हस्पिटलमा जान सल्लाह दिइन्छ l
घर छेउमा भएको विश्वासिलो अस्पताल थाहा पाई राख्नु पर्नेछ l

अस्पतालको संरचना, मेडिकल जांच गर्ने तरिका

प्राय: टोकन नं. अनुसार नै चेकजाँच भए तापनि कुनै बेला इमर्जेन्सी बिरामीलाई प्राथमिकता दिनुपर्ने अवस्था पनि हुन्छ l कुनै हस्पिटलमा मेडिकल चेकजाँच बिहान मात्र पनि हुने हुदा निश्चित गर्नुहोस् l

अस्पतालमा बोकेर जानुपर्ने कुराहरु:-

स्वास्थ्य बिमा पत्र : यो पत्र बिर्सेमा सबै बिल आफैले भुक्तानी गर्नुपर्ने हुनाले याद गर्नुहोस l

परिचय पत्र : बसोबास अनुमति पत्र(जार्इर्‍युउ कार्ड) वा पासपोर्ट आदि देखाउनु पर्ने हुन्छ l
प्रयोग गरिरहेका औषधि : प्रयोग गरिरहेका औषधि वा त्यो औषधिको पुर्जी लिएर जानुपर्ने हुन्छ l

पैसा : मेडिकल बिलको भुक्तान प्राय: नगदमा नै हुन्छ l

मेडिकल चेकजाँच गर्ने तरिका

नेपाली भाषामा मेडिकल फारम

अंग्रेजी भाषामा मेडिकल फारम

औषधि किन्ने तरिका

औषधि, अस्पताल भित्रको औषधि पसलबाट लिन सके तापनि शहर भित्रको अन्य फार्मेसी (*औषधि को श्रेणीमा हेर्नुहोस ) मा खरिद गर्न पनि सकिन्छ l

X