β version

シェア

जापानमा काममा छिर्नको लागि पालना नगरी नहुने धेरै नियमहरु रहेका छन् | ती मध्ये एउटा मात्र पालना गरेन भनेपनि काममा प्रबेश पाउन गाह्रो हुन्छ |

Hint

जापनमा काममा प्रबेश पाउनको लागि ध्यान दिनुपर्ने सामान्यतया निम्नलेखित ५ बुँदा हरु रहेका छन् |

१) सजिलै आवात जावात गर्न सक्ने ठाउँमा हो होइन निश्चित गर्नु

पार्ट टाईम जब बिज्ञापन पत्रमा कार्यस्थलको ठेगाना लेखिराखेको हुन्छ | आबेदन दिनु अगाडी आफु बसेको स्टेशनबाट काम गर्नुपर्ने ठाउँ कत्ति टाढा छ ? साँचै कार्यस्थल सम्म सजिलै आवात जावात गर्न सकिन्छ, सकिन्न चेक गर्नुहोस | तलको लिंकबाट चेक गर्न सजिलो रहेको छ |
• ठेगाना निश्चित गर्न(https://www.google.co.jp/maps):
पार्ट टाईम जब बिज्ञापन पत्रमा रहेको ठेगाना कपि पेस्ट गरी ठेगाना सम्बधी जानकारी प्राप्त गर्न सकिन्छ |
• जाने तरिका निश्चित गर्न(https://world.jorudan.co.jp/mln/)
आफ्नो नजिकको स्टेशन र कार्यस्थलको नजिकको स्टेशन सर्च गरी कार्यस्थल सम्म पुग्न कत्ति समय लाग्छ निश्चित गर्नुहोस |

२) काम गर्नुपर्ने बार र समय निश्चित गर्नु

जापनमा काम, कम्पनी अनुसार काम गर्न सक्ने बार र समय फरक-फरक हुन्छ | आफ्नो स्कुल जानुपर्ने समय र बिज्ञापन अनुरुप काम गर्न सक्ने बार र समय मिल्ने,नमिल्ने निश्चित गर्नुहोस |

३)आबेदन इमेल पठाउनु

नमस्ते निप्पोनबाट पार्ट टाईम जाबमा आबेदन गर्ने तरिका इमेलबाट मात्र हो | आबेदन फारममा क्रमिक रुपमा भरेर सेन्ड बटम थिच्नुहोस | विशेषगरी इमेल ठेगाना, फोन नं. चाहिँ महत्वपूर्ण जानकारी भित्र पर्दछ | गलत नहुने गरी ध्यान दिनुहोस् |

४) अन्तरबार्ताको दिन र समय बुकिङ गर्नु

जापनमा आवेदन दिएको भरमा पार्ट टाईम जबमा सजिलै प्रबेश पाउदैनन | अनिबार्य रूपमा अन्तरबार्ता पनि हुने गर्दछ | पार्ट टाईम जबको लागि आवेदन दिएपछि, कम्पनीबाट इमेल वा फोन गरी अन्तरबार्ताको दिन र समय तोक्ने गरिन्छ | नियमित रुपमा इमेल चेक गर्ने, फोन आउने आदि याद गर्ने गर्नुहोस | फोन उठाउन नसक्ने अबस्थामा पछि आफुले फोन गर्ने गरौ |

५) अन्तरबार्तामा अनिबार्य रुपमा उपस्थित हुनु

जापनिजहरु समयको बारेमा धेरै ख्याल गर्ने भएकोले बाचा गरेको अन्तरबार्ता समयमा ढिलो नहुने गरी विचार गरौ | यदि ढिलो हुने भएको खण्डमा मोबाइलबाट आवेदन दिएको कम्पनीमा फोन गरौ | समयलाई ख्याल नगर्ने व्यक्तिलाई लिने छैन |

X