β version

シェア

Money

नेपालमा पैसा पठाउने बारे

नेपालमा पैसा पठाउने बारे

जापानबाट नेपाल पैसा पठाउँदा पठाउने तरिका अनुसार लाग्ने शुल्क, पुग्ने समय अनि पैसा निकाल्ने तरिका समेत फरक-फरक छ ! जापानबाट गैरकानुनी अर्थात् हुण्डी मार्फत पैसा पठाउँदा ३ वर्ष सम्म जेल,या तिस लाख येन सम्म सजाय अथवा जापानबाट निर्वासित गर्न सकिने कानुनि प्राबधान छ !
त्यसैले कानुनि रुपमा नेपालमा कसरी पैसा पठाउन सकिन्छ त ?

१) बैधानिक र अबैधानिक छुट्याउने तरिका:

जस्तै:तपाईं भर्खर जापान आउनु भएको १ महिना जति भयो अनि तपाईं आफ्नो तलब नेपाल पठाउन चाहनु हुन्छ र आफ्नो कोहि साथीलाई सोध्दा,अर्को कुनै साथीको मोबाइल नम्बर दिएर उसलाई पैसा पठाउने तरिका राम्रो थाहा छ भनेर फोन गर्नु हुन्छ भने त्यो व्यक्ति बैधानिक रुपमा नेपाल पैसा पठाउने कम्पनिमा काम गर्ने व्यक्ति हो या गैर कानुनी (हुण्डी) को व्यक्ति हो कसरी थाहा पाउने त ?
छुट्याउने २ तरिका छन्:
・पैसा पठाउने काउन्टर बाहेक, हातमा पैसा लेनदेन गर्नु |
・पैसा लिएको दिएको रसिद नहुनु |

 यदि हुण्डी को व्यक्ति हो भने उसलाई पैसा पठाउन को लागि भनेर नभन्नु होला |
बैधानिक कम्पनि हरुले यस्तो कार्य गर्दैनन् र पैसा पठाउनको निम्ति वित्तीय सेवा एजेन्सीबाट लाइसन्स लिएका हुन्छन |

२) बैधानिक रुपमा नेपाल पैसा पठाउने तरिका:

जापानबाट नेपाल पैसा पठाउँदा सेवा शुल्क लाग्छ ,पठाउने तरिका र रकम अनुसार सेवा शुल्क पनि फरक छ |
२० हजार येन १ वर्षमा ६ पटक पठाउनु हुन्छ भने जम्मा ३ हजार देखि ३३ हजार सम्म पनि सेवा शुल्क लाग्दछ |
・बैंकहरु बाट पठाउँदा:
जस्तै、मिचुइ टोक्यो UFJ बैंक:
पठाउन सकिने रकम : जति पनि
सेवा शुल्क४५०० येन (बैंकमा गएर ,खाताबाट)
५५०० येन (बैंकमा गएर,नगद)
३००० येन (इन्टरनेटबाट)
लाग्ने समय: २ दिन देखि १ हप्ता सम्म
・मिज़ुहो बैंक (MIZUHO BANK):
एक महिना अवधिमा एकजनालाई २० लाख सम्म
सेवा शुल्क:  ५५ ०० येन
लाग्ने समय:  २ दिन देखि १ हप्ता सम्म
पैसा पठाउन बैंक या इन्टरनेट बाट सकिने

・यूच्योउ बैंक (JP BANK):
पठाउन सकिने रकम : जति पनि
सेवा शुल्क: २५०० येन
लाग्ने समय: ४ देखि ६ दिन
बैंकमा नै गएर पठाउनु पर्ने
बैंकबाट पैसा पठाउँदा ध्यान दिनुपर्ने कुराहरु :
१) धेरै जस्तो बैंकहरुबाट पैसा पठाउँदा नेपालमा ,नेपाली रुपयाँमा नभएर अमेरिकन डलर या जापानिज येनमा लिनु पर्ने हुन्छ |
२) पैसा लिंदा नेपालमा पनि सेवा शुल्क तिर्नु पर्ने हुन्छ |
३) बैंकको ब्रान्च अनुसार पैसा पठाउने/नपठाउने हुनाले जानु अगाडी फोन गरेर जानु राम्रो हुन्छ |
४) जापानिज भाषा नजान्नेको लागि अलि कठिनाई हुन सक्छ, जापानीज भाषाको फर्महरु भर्नु पर्ने हुन्छ |

・मोबाईल कम्पनिहरु बाट पठाउँदा:
जस्तै; दोकोमो मनी ट्रान्सफर:
पठाउन सकिने रकम :
・राष्ट्रिय बाणिज्य बैंक बाट नगद प्राप्त गर्दा एक दिनमा १ लाख ५० हजार येन सम्म |
・राष्ट्रिय बाणिज्य बैंक,एभरेष्ट बैंक,सनराइज बैंकको खातामा डिपोजिट गर्दा ४ लाख ५० हजार येन सम्म |
・१ महिनामा ५ लाख येन सम्म |
सेवा शुल्क: १००० येन
लाग्ने समय: ६ दिन सम्म
दोकोमो मनी ट्रान्सफरबाट पैसा पठाउँदा ध्यान दिनुपर्ने कुराहरु:
१) नेपालमा पैसा लिन जाँदा malaysia CGmoney remit बाट पठाएको भन्नु पर्दछ |
२) २० वर्ष उमेर पुगेको /दोकोमोको मोबाईल प्रयोग गर्ने जस्ता व्यत्तिले मात्र पैसा पठाउन सकिने सर्तहरु लागू हुनेछन |

・बैधानिक रेमिटान्स कम्पनिबाट पठाउँदा:
जस्तै、क्योदाई रेमिटान्स (आई.एम.इ)
पठाउन सकिने रकम :१ दिनमा १० लाख येन सम्म |
सेवा शुल्क: ५ ०० येन देखि १५०० येन सम्म |
लाग्ने समय:(आई.एम.इ) बाट नगद लिंदा १०मिनेट, बैंक डिपोजिट १ दिन
पठाउने तरिका: काउन्टर बाट, पैसा पठाउने कार्ड बाट(JP बैंककोATM बाट), इन्टरनेट बैंकिंग, बैंक ट्रान्सफर |
क्योदाई रेमिटान्सबाट पैसा पठाउँदा ध्यान दिनुपर्ने कुराहरु:
१) आई.एम.इ को पार्टनर भएकोले नगद लिंदा आई.एम.इ बाट मात्र लिन सकिन्छ |
२) नेपालको जुनसुकै बैंक खातामा पठाउँन सकिन्छ तर भोलिपल्ट सम्म लाग्न सक्छ |

बैधानिक रुपमा नेपाल पैसा पठाउँदा आवश्यक कुराहरु
जाइर्युउ कार्ड
माई नम्बर कार्ड अथवा माई नम्बरको नोटिस
माई नम्बर अथवा पैसा पठाउँदाको कुनै पनि जानकारी सम्बन्धित व्यक्ति बाहेक अरु जस्तै कर कार्यालय/ अध्यागमन आदिमा कुनै जानकारी हुँदैन |
पैसा पठाउँदा ध्यान दिनुपर्ने कुराहरु:
१) रजिष्टर गर्न कत्तिको सजिलो छ? (नेपाली स्टाफ छ या छैन)
२) पठाउने तरिका, पाउने तरिका कत्तिको सजिलो छ ?
३) सेवा शुल्क कस्तो छ ? (नेपालमा पैसा लिंदा सेवा शुल्क लाग्ने/नलाग्ने)
४) पैसाको रेट कस्तो छ ? (साधारणतया बैंकको भन्दा रेमिटेन्स कम्पनिको रेट राम्रो हुने गर्दछ)
५) पैसा प्राप्त गर्ने समय कत्तिको छिटो छ ?(१० मिनेट देखि १ हप्ता सम्म लाग्ने सेवाहरु छन् |)

X