β version

シェア

दैनिक जिबनयापनको नियम

Hint

फोहोर छुट्याउने/फ्याक्ने तरिका

छुट्याउने सामान्य नियम फोहोर

जापानमा विदेशीले हेर्दा असामान्य लाग्ने फोहोर फाल्ने कडा नियम रहेको छ | फोहोर फाल्नको लागि फोहोरको प्रकार, बार, ठाउँ अनुशार, फोहोर हाल्ने झोलाको किसिमको समेत नियम तोकिएको छ | सामान्यतया नष्ट गर्ने फोहोर, प्रशोधन गरी पुन: प्रयोग हुने फोहोर छुट्याएर फाल्नु पर्नेछ |

फोहोरको प्रकार

फोहोर छुट्टयाउने तरिका नगरपालिका अनुशार फरक पर्छ तरपनि सामान्य रुपमा निम्नानुशार ५ प्रकारमा छुट्टयाएको छ |
1. जल्ने फोहोर
2. नजल्ने फोहोर
3. पुन: प्रयोग गर्न सक्ने फोहोर
4. थोत्रो फोहोर (ठुलो किसिमको कवाडी फोहोर)
5. प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री

1. जल्ने फोहोर
「खानेन(जल्ने)」भन्ने शब्दबाट नै बुझ्ने गरी 「बल्ने फोहोर」लाई जनाएको छ |
• कागजपत्र
• काठको भुस
• लत्ताकपडा
• टालो
• किचेनबाट निस्किने फोहोर आदि रहेको छ |
# तर, कागजपत्र भित्र पर्ने भए पनि पत्रिका र प्याकिंग गर्ने कागज, बिज्ञापनपत्र, कार्टुन बक्स आदि पुरानो कागजपत्रको रुपमा निकाली पुनः प्रयोग गर्ने गरिन्छ |

2. नजल्ने फोहोर
नजल्ने फोहोर भन्नाले नबल्ने बस्तु जुन प्रशोधन गरी पुनः प्रयोग गर्न नसक्ने फोहोरलाई जनाउछ |
• भाँडाकूँडा (फुटेको थाल, कचौरा, फुलदानी, गमला आदि)
• स्प्रेको क्यान बोतोल
• बत्तीको चिम
• धातुजन्य बस्तु
• स-साना बिद्युतिय सामग्री
आदि रहेको छ |

3. पुन: प्रयोग गर्न सक्ने फोहोर
पुन: प्रयोग गर्न सक्ने फोहोर भन्नाले प्रशोधन गरी पुनः प्रयोगमा ल्याउन सक्ने फोहोरलाई जनाउछ |
• खाली क्यान
• खाली सिसाको बोतोल
• प्लाष्टिक बोतोल
• पत्र पत्रिका
• कार्टुन बक्स
• ब्याट्री
•प्याकिंग गर्ने कागज (दुधको प्याकेट) आदि रहेको छ |
पुन: प्रयोग गर्न सक्ने खाली क्यानको रुपमा फाल्ने फोहोर, जूस आदिको क्यान र मिठाईको क्यान आदि जस्ता क्यानहरु पर्दछ |
* खाने तेलको खाली टिन चाहिँ नजल्ने फोहोरमा पर्छ |
पत्रिका र म्यागजिन छुट्याएर फाल्न निकाल्ने गरौ |

4. थोत्रो फोहोर (ठुलो किसिमको कवाडी फोहोर)
नजल्ने फोहोरको रुपमा उठाउन नसक्ने ठुलो खालको फोहोरलाई नगरपालिकाले जारी गरेको टिकट टाँसेर, फोन वा इन्टरनेटबाट सम्पर्क गरी फोहोर उठाउन लगाउनुपर्छ |
फोहोर उठाउन टिकटको मुल्य १ वटा बस्तुको २०० येन देखि १००० येन सम्म लाग्छ |
• ‍‍र्याक तथा दराज आदि जस्ता फर्निचरको सामानहरु
• कुर्सी तथा सोफा
• टेबुल
• सिरक र ब्यान्केट
• बेबी बेड
• साइकल, तिन पांग्रे बाइक, एक पांग्रे साइकल
• सर्फबोर्ड आदि जस्तो खेलकुद सामाग्री
• संगीत साधनहरु
• स्टोप वा फ्यानहिटर (बर्नर चाहिँ निकालि राख्नु) आदि रहेको छ |

5. प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री
AC, फ्रिज, फ्रिजर, वासिंग मेसिन, ड्रायर, टेलिभिजन आदि जास्ता प्रशोधन गर्नुपर्ने फोहोरहरुलाई प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री भनिन्छ |
यस्तो फोहोर फाल्न प्रशोधन शुल्क बापत प्रतिगोटा २००० येन देखि ५००० येन सम्म पर्न जान्छ |

प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री फाल्ने तरिका

प्रशोधन गर्नुपर्ने ठुलो बिद्युतीय सामग्री AC, फ्रिज, फ्रिजर, वासिंग मेसिन, ड्रायर, टेलिभिजन आदि फाल्न बिशेष किसिमको तरिका तोकिएको छ |
तलको कुनै एक तरिका अनुशार यस्ता फोहोर फाल्ने गर्नुहोस |

किनेको डिलरले नै संकलन गर्ने तरिका
फाल्नुपर्ने ठुला बिद्युतीय सामाग्रीलाई किनेको पसलमा नै अर्को नयाँ किन्दा पुरानो फिर्ता गराउने गरिन्छ | पसल अनुशार पुरानो समान फिर्ता लिने कुरा फरक पर्ने भएकोले लिने/नलिने पत्ता लगाउनुहोस |

हुलाकबाट फोहोरको शुल्क ट्रान्सफर गर्ने तरिका
हुलाक कार्यलयमा गएर खादेन रिसईकल टिकट (शुल्क हुलाकबाट ट्रान्सफर गर्ने तरिका) भन्ने पत्रमा महत्वपूर्ण जानकारी भर्नु पर्छ | फर्म भर्नु भन्दा अगाडी JP बैंकको प्रवेशद्वारमा प्रशोधन शुल्क तिर्नुपर्छ |
प्रयोग गर्न नमिल्ने ठुलो बिद्युतीय सामग्री रिसाइकलिङ टिकट टाँसी नजिकको फोहोर फाल्न तोकिएको ठाउँमा फालौ |
फोहोर फाल्ने ठाउँबारे जानकारी यो लिंक http://www.kaiketsukr.com/areasearch/ बाट लिनुहोस् |

X