β version

シェア

किनमेल गर्ने बेला

Hint

कोम्बिनी र सुपरमार्केट बीच अन्तर

कोम्बिनीको बिशेषता

जापानको जिपनायापनलाई मध्ये नजर गरी संचालित सुविधायुक्त पसललाई कोम्बिनी भनिन्छ | प्राय:सबै कोम्बिनी पसलहरु २४ सै घण्टा खोली निम्न अनुशारको सुविधाहरु दिईरहेको छ | यहाँ हरेक किसिमको बस्तुहरु जस्तैः खानेकुरा, दैनिक रुपमा प्रयोग हुने सामग्री, टिकट, (विधुतीय सामग्री तथा सिरक जस्ता ठुलो प्रकारको दैनिक प्रयोग हुने सामग्री बाहेक) प्राय: सबै बस्तु हरु बिक्रि गर्न राखिएको छ | तरपनि यहाँ बस्तुको मुल्य बढ्दै गएको छ | तलको जस्तो सुबिधा वा सेवाको लागि सुविधायुक्त छ |
• बिविध बिलहरु (ग्यास बिल, बिजुली बिल आदि) तिर्न
• एटिएम (पैसा झिक्न, जम्मा गर्न)
• फोटोकपी, फ्याक्स
• कार्गो, यू-प्याकको डेलिभरी
• चर्पी (ट्वाइलेट)

सुपरमार्केटको बिशेषता

सबै प्रकारको सामग्री भएको बृहत उदेश्यका साथ संचालन गरिएको ठुलो पसललाई सुपर मार्केट भनिन्छ | यसमा कोम्बिनीमा भन्दा सस्तो मुल्यमा धेरै समाग्रीहरु पाईन्छ | दैनिक रुपमा धेरै उपभोग्य सामग्रीहरुलाई सुपरमार्केटबाट एकै चोटी किनमेल गर्दा फाइदा हुन्छ |
जस्तै: बक्स टिस्यु पेपर को अबस्थामा कोम्बिनीबाट १ बक्स टिस्यु पपेरको १२० येन देखि ३०० येन पर्छ भने
सुपरमार्केटमा ५ बक्स सेट खरिद गर्दा जम्मा २०० येन मात्र पर्छ |

X