β version

シェア

(आपतकालीन अबस्थाको सामाना गर्ने तरिका)

Solution

आपतकालीन अबस्थाको सम्पर्क ठेगाना तथा उपयोगी सुबिधाहरु

अकस्मात ठुलो चोट तथा बिरामी परेको बेला

अकस्मात ठुलो चोट तथा बिरामी भएर चल्न नसक्ने भएको अबस्थामा एम्बुलेन्स बोलाऔ l
एम्बुलेन्स बोलाउन फोन नं. ११९ (२४ घन्टा सुबिधा, नि:शुल्क, अंग्रेजी भाषामा सेबा) आपतकालीन अवस्थामा मात्र प्रयोग गर्न सक्ने सम्पर्क नं. हो l
एम्बुलेन्स नि:शुल्क भएपनि ट्याक्सी आदिबाट जान सक्ने अबस्थामा प्रयोग गर्न सकिदैन l

घर बाहिर समान हराउदा

नजिकैको पुलिस चौकी वा पुलीस बिटमा गएर सामान हराएको रिपोर्ट (सामान चोरी रिपोर्ट)दिनुपर्छ l

रेल तथा बसभित्र सामान झरेको अथवा बिर्सेको अबस्थामा स्टेशन कर्मचारी तथा रेल कर्मचारी, यातायात कार्यालयसम्म पनि सोधपुछ गर्नुपर्नेछ lत्यहाँ नपाएको अबस्थामा नजिकको पुलीस चौकी तथा पुलीस स्टेशनमा जाऔ l
पासबुक तथा एटिएम कार्ड, क्रेडिट कार्ड आदि हराएको अवस्थामा अरुले प्रयोग गर्न नसक्ने गरी जारी गरेको वितिय सस्थांनमा तुरुन्तै सम्पर्क गरौ l

पासपोर्ट हराएको अबस्थामा दुतबासबाट पुनः जारी गरी लिन सकिन्छ l
बसोबास अनुमति पत्र (जार्इर्‍युउ कार्ड) हराएको अबस्थामा बसोबास गरेको क्षेत्रको अध्यागमनबाट पुनः जारी गर्न सकिन्छ l
पुनः जारी गर्नको लागि पुलिस चौकीबाट जारी गरेको [चोरी/हराएको रिपोर्ट पत्र] चाहिन्छ l

व्यक्तिगत विवरणमा उल्लेखित कुराको गलत प्रयोग हुन सक्ने डर रहेको हुनाले तुरुन्तै पुलिस स्टेशन तथा चौकीमा रिपोर्ट गरी सबै ब्यबस्थापन सस्थांनबाट पुनः जारीको कानूनी प्रकियाहरु पुरा गरौ l

पुलिस चौकी या पुलिस बिटमा आइपुगेको हराएको सामान, सम्बन्धित मान्छेले ३ महिना भित्र लिन नआएको अबस्थामा, त्यो सामान भेटाएको व्यक्तिको सामान हुन जान्छ l समान हराएको अबस्थामा छिटै पुलिस चौकी अथवा पुलीस बिटमा सोधपुछ गर्नुहोस l

आगोलागी तथा सडक दुर्घटना भएको बेला

प्रहरीको लागि ११० मा फोन गरौ l (२४ घण्टा सुबिधा, निशुल्क, अंग्रेजी भाषाको सुबिधा छ)
घाईते भएको अबस्थामा ११९ मा पनि फोन गरी एम्बुलेन्स बोलाऔ l

चोरी/डकैति तथा कुटपिट आदि जस्तो अपराध भएको बेला

नजिकैको पुलिस चौकी तथा पुलिस बिटमा जाऔ l
आपतकालीन अबस्थामा ११० मा फोन गरौ l

चोरी भएर सामान हराएको बेला के गर्ने ? * घर बाहिर समान हराउदा हेर्नुहोस l

X