β version

シェア

बिदेशी बिद्यार्थी जापानमा पार्ट टाईम जब(आरुबाइतो) गर्ने बेला

Work tip

नमस्ते निप्पोन मार्फत काममा जोडिने तरिका

◆ नमस्ते निप्पोनमा 「WORK」

●नमस्ते निप्पोनको「WORK」मा बिशेष गरी नेपाली विद्यार्थी वा नेपालीहरु सबैलाई लक्षित गरी विज्ञापन गरिरहेको छ | यहाँ जापानको जुनसुकै ठाउँको vacancy सम्बन्धी जानकारी पाउन सकिन्छ |

●नमस्ते निप्पोनको vacancy सम्बन्धी जानकारी नेपाली भाषामै प्रति घण्टा तलब, काम गर्ने अबधि, यातायात खर्च दिने/नदिने आदि बारे हेर्न सकिन्छ |

●प्राय; सबै काममा थोरै जापानिज भाषा बोल्न सक्ने व्यक्तिले पनि आबेदन दिन सकिन्छ |

◆ नमस्ते निप्पोन मार्फत काममा आबेदन दिने तरिका |

【STEP1】: 「WORK」को आइकनमा क्लिक गर्नुहोस |

【STEP2】: 「WORK」मा फोटो भएको लेखमा क्लिक गर्नुहोस |

【STEP3】: vacancy सम्बन्धी जानकारी हेरी, आबेदन दिने/नदिने सोच्नुहोस |

※ Vacancy सम्बन्धी जानकारी हेर्ने बेला ख्याल गर्नुपर्ने कुराहरु

•तपाइले गर्न सक्ने खालको काम हो/होइन, गर्न इक्षाएको कामको बिषयबस्तु चेक गर्नुहोस |

•स्कुल वा घरबाट जान सक्ने ठाउँ हो/होइन, यातायात खर्च कति सम्म पाउने हो निश्चित गर्नुहोस |

•अन्तरबार्ताको लागि जाने, काम (आरुबाईतो) को जानकारी दिने कार्यक्रममा (सेचुमेई खाइ) जाने आदि जस्ता काममा आबेदन दिने तरिका निश्चित गर्नुहोस |

【STEP4】: [Application Form]मा क्लिक गरी आबेदन दिदा चाहिने जानकारीहरु जापानीज भाषामा भर्नुहोस |

【STEP5】: आबेदन सबै भरिसकेपछि [गोप्पिनियता सम्बन्धी नीति] हेरेर निश्चित गर्नुहोस अनि [send form] मा क्लिक गर्नुहोस |

यत्ति गरेपछि आबेदन पुरा हुन्छ |

◆ अन्तरबार्ताको STEP तथा ख्याल गर्नुपर्ने कुराहरु

【STEP6】: बसोबास अनुमति पत्र (जार्इर्‍युउ कार्ड), व्यक्तिगत बिबरण (रिरेकिस्यो), पासबुकको कपि आदि आबेदन दिदा आवश्यक पर्ने बस्तुहरु तयार गर्नुहोस |

【STEP7】: ढिलो नहुने गरि अन्तरबार्ता स्थलमा जानुहोस |

【STEP8】: अन्तरबार्ता दिएपछि छनौट भए/नभएको सम्पर्क गरी जानकारी दिने भएकोले कम्पनीको फोन पर्खनुहोस |

※ जापानमा काम (आरुबाईतो) गर्दा जानी राख्नुपर्ने नियम बारे जानकारी चाँही तलको बुँदाहरुबाट लिनुहोस |

□ सामान्य सोच (तरिका )

□ आरुबाइतो ( part time job )को सोच/ बिचार

□ जानी राख्नुपर्ने (अन्तर्वाता अवस्थामा )ख्याल गर्नुपर्ने व्यबहार तथा कुराहरु

X