β version

シェア

「चोट तथा बिरामी हुने बेलामा」

Hint

औषधि

「मेडिकल पुर्जी(स्योहोउसेन)」 र 「सामान्य प्रयोजनको मेडिकल औषधि」

अस्पताल वा मेडिकलबाट प्राप्त औषधि डाक्टरको सल्लाहअनुशार, डाक्टरले दिएको मेडिकल पुर्जी लिएर, फार्मेसिस्टले पुष्टि गरेको औषधि जसलाई डाक्टरको सल्लाह अनुशारको औषधि (मेडिकल पुर्जी अनुरुपको औषधि) भनिन्छ l अर्को तर्फ औषधि बिक्रेता वा औषधि पसलमा आफैले किन्न सक्ने औषधि चाहिँ सामान्य प्रयोजनको मेडिकल औषधि भनिन्छ l जस्तै : सिटामोल, जिबनजल, टेप, ब्यान्डेज आदि l

औषधि किन्ने ठाउँ

औषधि किन्ने ठाउँ

जापानमा बिशेषगरी औषधि बिक्रि गर्ने ठाउँ फर्मेशी, औषधालय
र औषधि पसल (ड्रक स्टोर) रहेको छ l

• फार्मेसी(याक्क्योकु)
सामान्य प्रयोजनको मेडिकल औषधि पाइन्छ l

• औषधालय(च्योउजाईयाक्क्योकु)
सामान्य प्रयोजनको मेडिकल औषधि र मेडिकल पुर्जी अनुरुपको औषधि दुवै पाइन्छ l

• औषधि पसल (ड्रक स्टोर)
सामान्य प्रयोजनको मेडिकल औषधिको साथसाथै सरसफाई सम्बन्धी सामग्री, दैनिक प्रयोग हुने सामग्री,सृंगार सामग्री आदि पाइन्छ l

X